जेरिसी सेवा (कम्पनीको लेखा-जोखा)
जापानमा कम्पनी दर्ता भईसकेपछिका नीतिगत प्रणाली तथा कर कार्यालयको कर प्रणालीको अधिनमा रही बार्षिक रुपमा कम्पनीको अडिट (आय-व्याय) को हरहिसाब गरि सम्बन्धित कर कार्यालयहरुमा आबेदन गर्नु पर्ने हुन्छ । त्यस सम्बन्धि कानूनी कामका लागि हामी तपाइँको सेवामा तत्पर छौँ। आफ्नो कम्पनीको आर्थिक कारोबार, हिसाबकिताब र कर चुक्ता भुक्तान गर्ने प्रक्रियामा यदि झन्झट व्यहोर्दै हुनुहुन्छ या भाषागत समस्याले आफ्नो कम्पनीको कर प्रणालीको बारेमा अन्योलमा हुनुहुन्छ भने हामी तपाईँको सहयोगका लागि तत्पर छौँ । वार्षिक रुपमा आफ्नो कम्पनीको आर्थिक कारोबारको स्पष्ट जानकारी थाहा पाउन साथै अन्य बिबिध कम्पनी तथा कम्पनीका करहरुको समस्याहरुको समाधानको लागि हामीलाई सम्पर्क गर्नुहोस् । हामी यहाँहरुको जापानका सम्बन्धित क्षेत्रको दक्ष्य तथा अनुभबी अडिटरको रोहबरमा कानुनी कार्यान्वयन गर्नेर्छौँ र हाम्रो सेवा जापानका हरेक क्षेत्रमा उपलब्ध छन्।
कम्पनीको अडीटिंग तथा जेरिसिका निमित्त गर्नुपर्ने प्रकियाहरु ! :
Step 1 सोधपुछ/सम्पर्क
टेलिफोन, फ्याक्स, इमेल, होमपेज ,सामाजिक संजाल तथा मिडियाजस्ता मध्यमबाट हामीलाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने।
Step 2 आपसी सर-सल्लाह
सम्पर्क पश्चात सम्बन्धित अडिटिंग कार्यको निमित्त चाहिने कागजात तथा जम्मा गर्नुपर्ने डकुमेन्टको बारेमा सर-सल्लाह !
Step 3 सम्बन्धित कानुनी निकायमा कामको हस्तान्तरण
सर-सल्लाह बमोजिम सम्बन्धित कम्पनिको अडिटिंग कार्यान्यनका निमित्त जेरिशीलाई कामको हस्तान्तरण !
Step 4 कम्पनीको अडिटिंग कार्यको तपाई समक्ष पुष्टी
सम्बन्धित जेरिशीबाट अडिटिंग कार्यको लेखाजोखा पुरा भएर रिपोर्ट तयार भैसकेपछि त्यसको बिबरणको पुष्टी तपाई समक्ष गरिनेछ !
Step 5 पुष्टी पछि, कार्यालयहरुमा आबेदन दर्ता
अन्तिममा कम्पनीको अडिटिंग कार्यको तपाई समक्ष पुष्टी भए पश्चात सम्बन्धित कर बिभागहरुमा जानकारी तथा कामको समाप्ती!
सम्पर्क तथा पहुँच..
ठेगाना : 〒143-0016
टोक्यो तो ओताकु ओमोरी किता १-३६-४,वाकुता बिल्डिंग दोश्रो तल्ला,जापान
मोबाइल: +819098298884
इमेल: info@easjapan.co.jp
कार्यालय समय: 09:00 - 17:00
शनिबार/आइतबार साथै जापानको सार्बजनिक बिदाको दिन अफिस बन्द हुनेछ.
EASJAPAN
कर कार्यालयहरुमा को आर्थिक बर्षको अन्तिम करहरुको विवरण
※ जेरिशी (税理士) मार्फत कर कार्यालय (税務署など)
※जापानका संबन्धित निकायका जेरिशी (税理士) का रोहबरमा कागजात हरु तथा आबेदन प्रक्रिया हुनेछन
- व्यक्तिगत तथा कम्पनी को कर प्रक्रिया
- जापान कर विभाग अंतर्गत सम्पूर्ण कानूनी प्रक्रिया