हाम्रो उदेश्य
जापानमा हुनुभएका सपुर्ण नेपाली लगाएत अन्य देशका बिदेशीहरु लक्षित प्रशासनिक सेवाहरु कम्पनी , कर तथा अध्यागमन सेवाहरुको परामर्श तथा कानुनी कार्यान्यन..


EASJAPAN को होम पेजमा स्वागत छन्..
जापानमा रहनु भएका सम्पूर्ण हामी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई एकै ठाउँमा प्रशासनिक सेवाहरु उपलब्ध गराउने उदेश्यले बिगत एक दशक भन्दा लामो समयदेखि जापानमा कम्पनी दर्ता,कम्पनीको लेखा -जोखा,अध्यागमन भिसा सम्बन्धि लगाएत अन्य कानुनी कार्यान्वयन,परामर्श तथा कानुनी प्रकियाको लागि हामी EAS JAPAN ले यहाँका सम्बन्धित निकायका दक्ष तथा अनुभबी कानुनविदहरु (बेन्गोसी,शिहोसेशी,ग्योसिस्योसी,जेरिशी) सँगको सहकार्यमा यहाँहरुका समस्याहरुको समाधान गरिने छ ।
-
इमिग्रेशन भिसा सम्बन्धि
-
कम्पनी दर्ता / लेखा-जोखा तथा कर सम्बन्धि
-
कानुनी तथा ब्यवहारिक परामर्श र कार्यान्वयन
-
अन्तरास्ट्रिय हवाई टिकट सेवा तथा टुर प्याकेज
-
लगायत अन्य कानुनी परामर्श तथा कानुनी कार्यन्वयन..
हाम्रा सेवाहरू

कम्पनी दर्ता (बिजिनेस भिसा)
जापानमा कम्पनी समबन्धि कुनैपनि कानुनीरुपमा सरसल्लाह चाहिए या कम्पनी दर्ता गर्नुपर्ने, त्यस्तै कम्पनी विधान या कम्पनीको ठेगाना परिबर्तन गर्नुपर्ने लगायतका सम्पुर्ण कानूनी कार्यवाहीको लागि हामीलाई संझनु होस् . हामीसंग जापानका अनुभबी तथा दक्छ समबन्धित क्षेत्रका कानुनबिध हरुको रोहबरमा तपाईको समस्याहरुको समधान गर्नेछो. थप जानकारी..

जेरिसी सेवा (कम्पनीको लेखा-जोखा)
जापानमा कम्पनी दर्ता भैसकेपछिका नीतिगत प्रणाली तथा कर कार्यालयको कर प्रणालीको अधिनमा रही बार्षिक रुपमा कम्पनीको अडिट सेवा साथै आफ्नो कम्पनीको सम्पूर्ण आर्थिक कारोबार, हिसाबकिताब र कर चुक्ता भुक्तान गर्ने प्रक्रियाको लागि र अन्य बिबिध कानुनी समस्याहरुको समाधानको लागि हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ । थप जानकारी..

जापानमा इमिग्रेशन भिसा
जापानको इमिग्रेशन भिसा सम्बन्धि चाहिने परामर्श तथा कानुनी कार्यान्वयन सँग सम्बन्धि सम्पूर्ण कामको लागि हामी यहाँहरुको सेवामा तत्पर छौँ । १. भिसा नविकरण २. भिसाको प्रकृति परिवर्तन ३. नयाँ भिसा ४. स्थाई भिसा एइजियु ५. पारिबारिक भिसा जस्ता अन्य कानुनी प्रकृया लगायत अन्य..। थप जानकारी..

कानूनी कागजात (उत्तर/प्रतिउत्तर)
जापानमा कानुनी कागजात या इमिग्रेशन अथवा कुयाक्सो/सियाक्सो जस्ता सरकारी कार्यालयमा गरिने उत्तर/प्रतिउत्तरहरु,त्यस्तैगरी कम्पनी या कामदारको बिचमा गरिने कानूनी कागजातहरु, त्यसै गरि एक अर्को कम्पनी बीच तथा फुदोसान बीच गरिने कानूनी कागजात लगाएत अन्य सम्पुर्ण कानुनी कागजातहरुको सर-सल्लाह या कागजात बनाउनुपर्ने भएमा सम्वन्धित निकायको रोहबरमा सेवा उपलब्ध गराउने छौँ । हाम्रो सेवा जापान भरी उपलब्ध छन्.. थप जानकारी..

दोभासे सेवा (कानुनी / व्यबहारिक)
जापानमा तपाई/हामीलाई भाषागत रुपमा सबैभन्दा समस्या हुने भनेको मुख्यतया यहाँका सरकारी निकायहरुमा हुने गर्दछ। जहाँ, हामीहरुलाई सोधेको र हामीले भन्न चाहेको कानुनी शब्दहरु एक-अर्कालाई बुझाउन अप्ठ्यारो परिरहेको हुन्छ हो,यी र यस्तै समस्याहरुबाट तपाई /हामीहरु गुज्रिआएका छौँ । आउनुस हामी यहाँहरुका यस्ता भाषागत दोभासे समस्या समाधान गर्नेछौँ । हाम्रो सेवा जापान भरी उपलब्ध छन्.. थप जानकारी..

करी इन्फो गुर्मेट
आजको 20 औं शताब्दीमा, सबै कुराको जानकारी एक क्लिकमा आउँछ र यो समयको माग पनी हो। हामीले हाम्रो कम्पनी,हाम्रो व्यापार प्रोफाइल र सबै कुरालाई व्यवसायिक दृष्टिकोणबाट सञ्चालन गर्नु र गृहपृष्ठ हुनु धेरै महत्त्वपूर्ण छ। कम्पनी अथवा पसलको चिरासी मेन्यु या साइनबोर्ड या पोष्टर हरुमा त्यसको लिंक कहिँ हुँदैन,जसले गर्दा हाम्रो पसलमा भएको सबै कुराहरुको जानकारी सबै ग्राहक समक्ष पुग्न सकिरहेको छैन.... थप जानकारी..

ऋण फाइनान्सियल आबेदन प्रकिया
जापानमा ब्यवसाय संचालन गर्दै आउनु भएको छ र ब्यापार स्तरोन्नतीको लागि आवश्यक पूँजीको अभाब झेल्नु भएको छ भने यहाँका वित्तिय सस्था एबं बैंकहरूबाट जेरिशी तथा आर्थिक सल्लाहकार संगको सहकार्यमा वित्तिय समस्याहरुको समाधान गर्न सकिन्छ ।यसका लागि आवश्यकिय बैंकिंग प्रकिया, सम्बन्धित बिज्ञहरुसंगको परामर्श साथै अन्य जुनसुकै सम्बन्धित सेवाको लागि हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ .... थप जानकारी..

जापानबाट विदेश यात्रा
हजुरहरु जापानमा हुनुहुन्छ र जापानबाट अन्य देशहरु अमेरिका,अस्ट्रेलिया,क्यानाडा,कोरिया, भेतनाम जस्ता देशहरुमा पारिबारिक भेटघाट तथा भिजीटको लागि जान चाहाना राख्नु भएको छ तर भिसाको लागि सम्बन्धित अध्यागमन निकायमा गर्नु पर्ने कानुनी प्रक्रियाको बारेमा अन्योलमा पर्नु भएको छ भने आबश्यक परामर्श तथा सम्पूर्ण कानुनी प्रक्रियाहरुको लागि हामीलाई सम्झनुहोस् । ... थप जानकारी..

राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई टिकट सेवा
विश्वब्यापी रुपमा छरिएर बस्नु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरुको आवागमनलाई सर्ब-सुलभ तबरबाट जुन सुकै देशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्राको लागि विशेषगरि नेपाल- जापान सहज र विश्वासिलो,भरपर्दो हवाई टिकटको लागि EAS Travel & Tour हजुरको सेवामा समर्पित छ । हाम्रो सेवा विश्वको हरेक देशका लागि उपलब्ध छन् .... थप जानकारी..
नयाँ अभियानको जानकारी तथा सुचना

-
Trending News
-
2024.08.01
"हाल, जापानमा हुनुहुन्छ र जापानबाट अन्य मुलुक अमेरिका,अस्ट्रेलिया,क्यानाडा,कोरिया भेतनाम,थाईल्याण्ड जस्ता देशहरुमा जाने सोंच बनाउनु भएका यहाँहरु सम्पूर्णको लागि आवश्यक भिसा प्रकिया, अध्यागमन निकायसंगको परामर्श जस्ता कार्यको थालनी र कार्यान्वयन गरि यहाँहरुको बैदेशिक भ्रमण यात्राको प्रारम्भ ।"
-
2024.07.01
"जापान जस्तो बिकसित देशमा रही, ब्यबसाय गर्दै हुनुहुन्छ भने हजुरलाई अबश्यक पर्ने लगानी पूँजीको लागि जापान सरकारको माताहतमा रहेका बैंकहरुसंगको सहकार्य, तथा परामर्शमा यहाँहरुको समस्याहरुको समाधान गर्ने कार्यको प्रारम्भ ।"
-
2024.01.15
"बिस्वब्यापी बजारलाई मध्यनजर गर्दै देश/विदेशको यात्रामा आम ग्राहकवर्गमा सहज होस् भन्ने अभिप्रायले हवाई टिकट सेवालाई प्राथमिकता दिएर सस्तो र भरपर्दो दर रेटमा सेवा प्रदान गर्ने कार्यको प्रारम्भ ।"
Happy Clients
No of Services
Client Requests
Support Hours
EASJAPAN
हाम्रो सहकार्य कानूनी विशेषज्ञ तथा IT टीम.

ब्यवसायिक समस्याको समाधान (बि.पी.एस)

विशेष इमिग्रेशन वकील “ताकोजिमा केइसुके” ( 特定行政書士 )

EAS Travel & Tour (Our Life is Travel)
सम्पर्क
हाम्रो ठेगाना
143-0016 TOKYO TO OTAKU OMORI KITA 1-36-4 WAKUDA Bld 2F
Email Us
Call Us
03-6423-0399 , +81 90-9829-8884
